ताप्लेजुङ /  ताप्लेजुङको फुङलिङ नगरपालिकामा गगठबन्धनका उमेदवार अमिर मादेनले अग्रता कायमै राखेका छन् । ११ ओटा वडा रहेको नगरपालिकामा ७ ओटा वडाको गणना सम्पन्न भएको छ भने २ ओटाको गणना जारी रहेको छ । 

हालसम्म गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उमेदवार अमिर मादेनले ४ हजार ५ सय १६ प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी छत्रपति प्याकुरेल (नेकपा एमाले)ले २ हजार ८ सय ३१ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर १ हजार ५ सय ८५ रहेको छ ।

OM Sai Pathibhara Hospital

यस्तै उपमेयर पदका लागि नेकपा एमालेका उमेदवार भीमादेवी ओझाले ३ हजार १ सय ९५ मत प्राप्त गरेका छन् भने गठबन्धनका उमेदवार बमबहादुर भट्टराई (माओवादी केन्द्र) ले २ हजार ९ सय २३ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर २ सय ७२ रहेको छ ।

हाल फुङलिङ नगरपालिका ४ र ७ को मतगणना जारी रहेको छ । यस वडाका सम्पन्न भएपछि बाँकी रहेका वडा नं. ५ र ६ को गणना गर्ने पनि तयारी भईरहेको छ ।

त्यस्तै पाथीभरा याङवरक गाउँपालिकामा भने नेकपा एमालेका प्यानल नै अग्रस्थानमा रहेका छन् ।

पाथीभरा याङवरक गाउँपालिकाको १ देखि ३ सम्मको मतगणना सम्पन्न हुँदा नेकपा एमालेको अग्रतामै रहेको छ । पालिका प्रमुखका उम्मेद्वार नेकपा एमाले केशर कुमार सुब्बाले १ हजार ९ सय ५० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गगठबन्धनका उमेदवार राम थेवेले १ हजार ७ सय ९३ मत प्राप्त गरेका छन् ।  । उनीहरुबीचको मतान्तर १ सय ५७ रहेको छ ।

यस्तै उपाध्यक्ष पदका उमेदवार नेकपा एमालेका रन माया गुरुङले २ हजार २ सय ९ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी गगठबन्धनका उमेदवार कुमार लिम्बूले १ हजार ४२ मत ल्याएका छन् ।  लिम्बू र गुरुङबीचको मतान्तर १ हजार १ सय ६७ सय रहेको छ ।