काठमाडौं / जुम्लामा दलित समुदायलाई अधिकार नदिएको भन्दै दलका उम्मेदवारको विरुद्धमा खडा भएका दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । 

जुम्लाको कनकासुन्दरी(८ मा स्वतन्त्र रूपले चुनावमा होमिएका वडा अध्यक्षसहित ४ जना दलित उम्मेदवार विजयी भएका छन् ।

OM Sai Pathibhara Hospital

कनाकासुन्दरी(८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामी २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । 

उनी २ सय २० मत प्राप्त गरेका कांग्रेसका कप्तान बहादुर शाहीलाई पराजित गर्दै वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

वडा सदस्यमा गोल दमाइ र कर्णजित सार्की तथा दलित महिला सदस्यमा चनाखी कुलाल निर्वाचित भएका छन । 

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले कनाकाका दलितले संविधानप्रदत्त हकको उपयोग गर्दै सन्देश पूर्ण काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

सुरुमा नेकपा एमालेमा सक्रिय राजनीति गर्दै आएका ५८ वर्षीय धनबहादुर कामी २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्षमा कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । 

त्यसपछि , एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका धनबहादुरलाई समाजवादीले पनि टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । 

चुनावी खर्चसमेत समुदायकै पहलमा संकलन गरेका धनबहादुरले वडाको बजेटलाई पूर्ण पारदर्शी बनाई शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने कुरालाई उनीहरूले मुख्य एजेन्डा बनाएका छन् । 

जातीय भेदभाव अन्त्य गर्ने, बालविवाह र अनमेल विवाह रोक्ने जस्त विषियलाई समेत उनीहरूले प्राथमिकतामा राखेका छन् ।