काठमाडौँ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आइपुगेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आएका हुन् ।

OM Sai Pathibhara Hospital

उनी ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय वायुसेनाको विशेष हेलिकोप्टर लुम्बिनी आइपुगेका छन् । 

मोदीले बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरू माझ हुन पाउँदा खुशी लागेको बताएका छन् ।

उनको मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । 

मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पुजा र शिलान्यासको काम सकेपछि उनले पवन इन्टरनेसनल होटलमा राजनीतिक भेटघाट गर्ने जनाइएको छ । 

होटलमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । मध्यान्ह १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै नेपाल–भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक हुनेछ । 

बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षि मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् । उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने कार्यक्रम छ ।