वीरगञ्ज / वीरगञ्ज महानगरपालिकाको ४ वटा वडाको ८ हजार ७ सय ७३ मत गणना गर्दा मेयर पदको २ हजार ३ सय ३९ र उपमेयर पदको ४ हजार ८ सय ७९ मत बदर भएको छ ।

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले २ हजार ८ सय ३३ र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ४ सय ७४ मत पाएका छन् । 

OM Sai Pathibhara Hospital

बदर मत भने उम्मेदवारले पाएको मत भन्दा २ हजार ४६ बढी मत अर्थात ४ हजार ८ सय ७९ पुगेको छ ।

४ वटा वडाको ८ हजार ७ सय ७३ मत गणना गर्दा मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले ४ हजार २ सय ६८ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १ हजार ९ सय ३९ मत ल्याएका छन् भने राप्रपाका गिरीश गिरीले १ सय ३८ मत पाएका छन् ।