बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले अग्रता कायम राखेको छ । 

गठबन्धनलाई पछाडि पार्दै प्रमुखमा एमालेका उम्मेदवार पवित्रा महतरा प्रसाईँले सबै भन्दा बढी २२१४ मत प्राप्त गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , महतरालाई गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका भोजराज सिटौलाले १८१० मत सहित पछ्याएका छन् भने तेस्रो स्थानमा रहेको राप्रपाले ५७ मत प्राप्त गरेको छ ।

उपमेयरमा एमालेबाट नगेन्द्र प्रसाद सङ्ग्रौला २१९२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् । 

गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सीपी कडरियाले ११३७ प्राप्त गरेका छन् भने राप्रपाले ७०९ मत प्राप्त गरेको छ । 

जारी मतगणनामा वडा नं २ मा वडाध्यक्षमा एमालेले २७६ , कांग्रेसले ३०९ मत प्राप्त गरेको छ र राप्रपाले २१३ मत प्राप्त गरेको छ । 

त्यसैगरी , वडा नं १० मा वडाध्यक्ष कांग्रेसले ५१३ र एमालेले ४१८ मत प्राप्त गरेको छ ।