झापा / हल्दीबारी-१ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल नै जितेका छन् । राप्रपाका देवीबहादुर थापा १९६८ मत प्राप्त गर्दै वडा अध्यक्षमा निर्वाचित भएका छन् । 

निवर्तमान वडा अध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै थापा ३६८ को मतान्तरले विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै वडा सदस्यहरूमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा सिवाकोटी र रुपादेवी रसाइली निर्वाचित भएका छन् । 

गाउँपालिकाको अध्यक्षमा भने राप्रपाका रवीन्द्र लिङ्देनले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।