बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका वडा नं २ मा नेकपा एमालेले अग्रता लिएको छ । 

एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले पछिल्लो मत परिणाम अनुसार १९०९ ल्याएर अग्र स्थान ओगटेका छन् ।

OM Sai Pathibhara Hospital

गठबन्धनबाट मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीले १४७९ मत प्राप्त गरेकी छिन् । 

त्यस्तै उपमेयरमा एमालेले १८०२ र गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवारले ९९७ मत प्राप्त गरेको छ । 

त्यसैगरी वडा नं २ को वडाअध्यक्षमा एमालेले १०० र कांग्रेसले १५८ मत प्राप्त गरेको छ ।