बिर्तामोड / हल्दीबारी गाउँपालिकाको प्रमुख पदमा ४०१५ मत गणना गर्दा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले अग्रता कायम गरेका छन् । 

लिङदेनले २०४८ मत ल्याउँदै एमालेका डम्बर बहादुर गिरीलाई पछाडि पार्न सफल भएका हुन् भने गिरीले ११९५ मत प्राप्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै, प्रमुखमा नै कांग्रेसका तुलसी प्रसाद ओलीले ३९१ र माओवादीका भवानी प्रसाद दङ्गालले ११५ मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा राप्रपाकी लक्ष्मी देवी मैनालीले १६७६ मत प्राप्त गरेकी छिन् भने एमालेका शान्ता देवी गौतमले ११९२ र माओवादीका टिका देवी राउतले १५८ मत ल्याएका छन् ।