बिर्तामोड / हल्दीबारी गाउँपालिकाको प्रमुख पदमा ३६३७ मत गणना गर्दा राप्रपाका रविन्द्र प्रसाद लिङदेनले अग्रता कायम गरेका छन् । 

लिङदेनले १८६५ मत ल्याउँदै एमालेका डम्बर बहादुर गिरीलाई पछाडि पार्न सफल भएका हुन् भने गिरीले १११८ मत प्राप्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

त्यस्तै, प्रमुखमा नै कांग्रेसका तुलसी प्रसाद ओलीले ३२७ र माओवादीका भवानी प्रसाद दङ्गालले १०६ मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा राप्रपाकी लक्ष्मी देवी मैनालीले १५३८ मत प्राप्त गरेकी छिन् भने एमालेका शान्ता देवी गौतमले ११०९, माओवादीका टिका देवी राउतले १४५  र स्वतन्त्र लखन हेमरमले ६१५ मत ल्याएका छन् ।