बिर्तामोड / भद्रपुर नगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार गणेश पोखरेलले अग्रता कायमै गरेका छन् । 

पोखरेलले एमालेका तर्फबाट उम्मेदवार बनेका असारु राजवंशीलाई पछि पार्दै अग्रता लिएका हुन् ।

OM Sai Pathibhara Hospital

पोखरेलले २ हजार १२२ मत प्राप्त गरेका छन् भने एमालेका असारु राजवंशीको १ हजार ६३४ मत रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका नवराज पनेरुको १ हजार ४६७ मत रहेको छ ।

उपमेयरतर्फ पनि गठबन्धनका उम्मेदवार शिवकुमार राजभण्डारी १ हजार ९५० मतसहित अगाडि  रहेका छन् । 

त्यस्तै दोस्रोमा रहेकी एमालेकी कौशिल्या अधिकारीको १ हजार ५६७ र राप्रपाकी राधा कार्कीको १ हजार ५०७ मत रहेको छ ।