बिर्तामोड  / झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाको अग्रता कायमै रहेको छ । 

पछिल्लो मत परिणाम अनुसार १५४९ मत गणना गर्दा जेब्रा चुनाव चिन्हका थापाले सबै भन्दा बढी  ६ सय ८६ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै दोस्रोमा एमालेबाट मेयर पदका उम्मेदवार राजेन्द्र कुमार पोखरेलले चार सय ३६ र तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले एक सय ७० मत ल्याएका छन् । 

यस्तै राप्रपाका प्रमुख श्याम ओलीले ६० मत प्राप्त गरेका छन् भने विवेकशील पार्टीका भीम प्रसाद अधिकारीले एक मत प्राप्त गरेका छन् । 

उपमेयरमा सुर्य चुनाव चिन्हबाट उम्मेद्वारी दिएकी मन्जु प्रसाईले पाँच सय ९८ मतका साथ अग्रता बनाइरहेकी छिन् भने दोस्रोमा कांग्रेसकी आशा शर्मा शिवाकोटीले चार सय ३६ मतका साथ प्रसाईलाई पछ्याइरहेकी छिन् । 

त्यस्तै राप्रपाबाट उपप्रमुख पदमा उम्मेद्वारी दिएकी सचित्रा खनालले एक सय १० मत, एकीकृत समाजवादीका अम्बिका उप्रेतीले ४६ र विवेकशील साझाकी अम्बिका चापागाईं ९सुवेदी०ले ४ मत ल्याएकी छिन् । 

त्यस्तै , वडा नम्बर ८ को वडाध्यक्षमा एमालेले ३३० , काँग्रेसले ३०८ र राप्रपाले ८६ मत प्राप्त गरेको छ । वडा नम्बर ९ को वडाध्यक्षमा एमालले ३५१ , काँग्रेसले १९२ र जेब्राले ३६ मत प्राप्त गरेको छ ।