विर्तामोड / स्थानीय निर्वाचन अन्तर्गत झापाको हल्दीबारी गाउँपालिकामा ८४३ मत गणना गर्दा प्रमुखमा राप्रपाले अग्रता कायम गरेको छ ।

राप्रपाबाट प्रमुखमा उम्मेदवारी दिएका रविन्द्र प्रसाद लिङदेनले ३७१ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै , नेकपा एमालेबाट डम्बर गिरीको ३१३ , काँग्रेसबाट तुलसी ओलीको ७६ र माओवादीबाट भानु दंगालका २७ मत रहेको छ ।

उपप्रमुखमा राप्रपाका उम्मेदवार लक्ष्मी मैनालीले २७४ र एमालेबाट शान्ता गौतमले ३०१ मत प्राप्त गरेका छन् ।