बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा १२२८ मत गणना गदा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । 

गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले ६ सय २० मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले दूई सय ७६ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले दूई सय ३५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले तीन सय १४ मत प्राप्त गरेकी छन् । 

माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले २७ मत र उपाध्यक्ष भागीरथी अधिकारीले एक सय १५ मत प्राप्त गरेकी छिन् ।