बिर्तामोड / झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता कायम गर्न सफल भइरहेको छ । 

५८० मत गणना हुँदा मेयरका उम्मेदवार रहेका राप्रपाका रविन्द्र प्रसाद लिङदेनले २१२ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

प्रमुख पदमा नै दोस्रोमा रहेका एमालेका डम्बर बहादुर गिरीले मत १८७ मत प्राप्त गरेका छन् । 

त्यस्तै काँग्रेसका तुलसी प्रसाद ओलीले ५० र माओवादीका भवानी प्रसाद दंगालले १८ मत ल्याएका छन् । 

उपप्रमुख पदमा एमालेका शान्ता देवी गौतमको १८१ , राप्रपाका लक्ष्मी देवी मैनालीको १४५ , स्वतन्त्र उम्मेद्वार लखन हेम रमको ६१ तथा माओवादीका टिका देवी राउतको २७ मत रहेको छ ।