बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । 

गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले तीन सय ६८ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले एक सय ३२ मत प्राप्त गरेका छन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले एक सय ५५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले एक सय ९२ मत प्राप्त गरेकी छन् । 

माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले १५ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ७४ मत प्राप्त गरेकी छिन् ।