विर्तामोड / कमल गाउँपालिका -१ मा खसेको मत ३५०८ मध्ये ३०० मत गणना गर्दा कांग्रेसको अग्रता कायम गरको छ । 

गठबन्धनका उम्मेदवार बनेका हुकुम सिंह राईले १७० मत ल्याउँदै अग्रता कायम गरेका हुन् ।

OM Sai Pathibhara Hospital

नेकपा एमालेका उम्मेदवार भिम राईले ६७ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवारले १७ मत ल्याएका छन् ।

उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार पर्शुराम सुवेदीले १२३ र उनका प्रतिद्वन्द्वी प्रमिला तिवारीले ७८ मत ल्याएकी छन् । राप्रपाले २० मत पाएको छ । 

गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार केदार कटुवालले १७८ , एमाले ६५ र राप्रपाले १८ ल्याएका छन् । 

खुल्ला महिला सदस्यमा एमाले ७३, गठबन्धन १५३, राप्रपा २४, दलित महिला सदस्यमा एमाले ७४, गठबन्धन १५४, राप्रपा २३, खुल्ला पुरुष सदस्यतर्फ एमाले ८० ,गठबन्धन १४६,राप्रपा २४, खुल्ला पुरुष सदस्यमा एमाले ७२,गठबन्धन १५० र राप्रपाले १४ मत ल्याएका छन् ।