विर्तामोड / भद्रपुर नगरपालिकामा मतगणना सुरु भएसँगै मेयर पदमा गठबन्धनका उम्मेदवार गणेश पोखरेल २३९ मत ल्याउँदै सबैभन्दा रहेका अगाडि छन् । 

६०० मत गणना भइसक्दा मेयरमा एमालेका असारु राजव‌ंशीले १५३ तथा राप्रपाका नवराज पनेरुले १२२ मत प्राप्त गरेका छन् ।

OM Sai Pathibhara Hospital

एक नम्बर वडाको मतगणना भइरहँदा उपमेयर पदमा पनि गठबन्धनका शिवकुमार राजभण्डारी २३१ मत ल्याउँदै अग्रता बनाएका छन् भने एमालेका कौशिल्या अधिकारीले १६४ तथा राप्रपाका राधा कार्कीले ११२ मत ल्याउन सफल भएकी छिन् ।

वडा अध्यक्षमा एमालेका रामप्रसाद अधिकारी २२६ मत ल्याउँदै अग्रता बनाएका छन् । गठबन्धनका मेदनी प्रसाद सिवाकोटी १४३ र राप्रपाका दल बहादुर लिम्बूको ११२ मत रहेको छ ।