काठमाडौँ / राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको कुर्सीमा दोस्रो पटक रहेको समयमा उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको छ । 

गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा उनी विरुद्ध कर्तव्य ज्यानको मुद्दा पेसीमा चढेर स्थगित भएको हो । 

OM Sai Pathibhara Hospital

गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनलाई दोषी ठहर गर्दै  सर्वोच्चले ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो ।

त्यही समयमा मनाङबाट  प्रदेश संसद्मा निर्वाचन निर्वाचित भएका उनी निर्वाचित भएको ५ महिनामै पक्राउ परेर ८ महिनाको कैद सजाय भुक्तान गरेका थिए । 

जमानत बुझाएर थुना बाहिरबाटै मुद्दा लड्न पाउने मुलुकी संहिताको सुविधा प्रयोग गरेर ६ पुस २०७५ मा थुनामुक्त भएका थिए ।