पोखरा / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन्।

पोखरामा आयोजित चुनावी सभालाई आज (सोमबार) सम्बोधन गर्दै ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

केही दिन डडेल्धुरामा आयोजित चुनावी सभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले कांग्रेस नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन्।

त्यसको प्रतिवाद गर्दै ओलीले भने, – ‘विकासका लागि बजेट पठाउँदिन भन्ने तिनको माइतीको पेवा हो ?, हामीले नजितेका क्षेत्रमा बजेट दिदैनौँ भन्न पाइन्छ ?’