काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को कारबाहीमा परेका नेताहरूले नयाँ पार्टी गठन गरेका छन्।

नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली (सुदर्शन) समूहले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नामक पार्टी गठन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

पार्टीको नीति विरुद्ध लागेको भन्दै महासचिव विप्लवले २१ वैशाख मा सचिवालय सदस्य बास्तोला र सुदर्शनलाई पदमुक्त गरेका थिए।

बास्तोलाले पत्रकार सम्मेलन गरेर सोमबार नयाँ पार्टी गठन भएको जानकारी गराएका छन् । पार्टीमा असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएका छन् ।

नयाँ पार्टी गठनसँगै चन्द नेतृत्वको नेकपा औपचारिक रूपमा फुटेको छ । तत्कालीन महासचिव नेत्रविक्रम चन्द र प्रवक्ता खड्गबहादुर विश्वकर्मा संसद्‌वादमा फसिसकेकाले पार्टी पुनर्गठन गरेको बास्तोलाले बताए । 

गत चैतमा भएको केन्द्रीय समिति बैठकको निर्णय विपरीत चन्द गएपछि नयाँ पार्टी गठन गर्नुको विकल्प नभएको बास्तोलाको भनाइ छ ।