अर्जुनधारा / स्थानीय तहको निर्वाचनको मुखमा पाँच दलीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी अर्जुनधारा नगर कमिटीले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

निर्वाचनमा प्रतिगामी तत्त्वलाई हराउँदै राज्य व्यवस्था प्रणालीको उपलब्धीलाई संरक्षण गर्न एकीकृत समाजवादी अर्जुनधाराले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न भएको हो । 

OM Sai Pathibhara Hospital

अर्जुनधारा नगर कमिटी अध्यक्ष अर्जुन मेचेले विज्ञप्ति नै जारी गर्दै परिवर्तन पक्षधर शक्ति गठबन्धनमा रहेकाले  पनि सहयोग तथा समर्थन गर्ने बताएका छन् । 

एकीकृत समाजवादीले गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) लगायत राष्ट्रिय जनमुक्ति पार्टी समेतका साझा उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै नेता तथा कार्यकर्ताहरूलाई विज्ञप्ति मार्फत अपिल गरेको छ ।