सुर्खेत / राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नै एमाले प्रवेश गरेका छन् । 

चुनाव हुने मिति नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर बिक एमालेका प्रवेश गरेका हुन् ।

OM Sai Pathibhara Hospital

एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा उनले राप्रपा नेपाल परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका थिए । 

उनले एमालेको सिद्धान्त, विचारबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन् ।