धरान / धरान उपमहानगरपालिका वडा नंं २० कृषि पकेट क्षेत्रको राम्रो सम्भावना बोकेको स्थान भएकोले यस क्षेत्रलाई कृषि पकेट क्षेत्रको रूपमा विकास गर्ने लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन् । 

धरान-२० मा प्रचारात्मक अभियानमा पुगेका गठबन्धनका उम्मेदवारहरूले त्यहाँका सर्वसाधारण समक्ष विष्णुपादुकालाई कृषि जोन बनाउने प्रतिबद्धता जनाएका हुन् । लोकतान्त्रिक वाम गठबन्धनका मेयरका उम्मेदवार किशोर राईले धरान २० विष्णुपादुका उपमहानगरपालिकाले बेसारको जोनको रूपमा विकास गर्ने योजना बनाए अनुरूप काम हुन नसकेको बताउँदै अब यसलाई पूरा गर्ने बताए ।

OM Sai Pathibhara Hospital


उनले भने-‘विष्णु पादुका पौराणिक धार्मिक ग्रन्थमा उल्लेख भएको ऐतिहासिक क्षेत्र हो, यस क्षेत्रका अधिकांश सर्वसाधारण कृषिमा आश्रित छन्, उनीहरूले उत्पादन गरेको कृषि सामाग्रीको बजारीकरणसँगै कृषिमा आधुनिकीकरण गर्न गठबन्धन नेतृत्वतर्फबाट पहल कदमी हुन्छ ।’ उनले यस क्षेत्रबाट उत्पादन भएका बेसार र अदुवा प्रचुरमात्रा नेपाल लगायत भारतका विभिन्न स्थानसम्म पुग्ने भए पनि कृषिकहरुले उचित भाउ गुनासो आउने गरेको सुनाउँदै यसलाई कृषि जोन बनाएर धरानको एउटा गहना बनाउने योजना गठबन्धन नेतृत्वको भएको बताए । 


यस्तै लोकतान्त्रिक वाम गठबन्धनका उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघाले धरान २० विष्णुपादुका कृषि पकेट क्षेत्र नभई धार्मिक आस्थाको केन्द्र, पर्यटकीय गन्तव्यको राम्रो स्थलको रूपमा परिचय बनाउन सकिने बताए । 

यहाँको पौराणिक महत्त्वको महिमा सुनेर नेपालबाट मात्र हैन भारतबाट समेत पितृको सम्झनामा पितृको सम्झनमा श्राद्ध गर्ने भीड लाग्ने गरेको बताए । उनले ब्रिटिस लाहुरेहरूले आफ्नो पहिचान र इतिहासलाई जीवन्तता राख्न माछामारामा पूर्व ब्रिटिस सैनिकहरूले गोरखा स्मृति पार्कको निर्माण गरेको बताउँदै यसले समेत विष्णुपादुको विकासमा ठोस सहयोग पुग्ने बताए । 


उनले भने-‘विष्णुपादुका कृषि जोन, धार्मिक स्थल र पर्यटकीय स्थलको प्रचुर सम्भावना बोकेको स्थल हो, यस क्षेत्रको विकासमा विगतमा नगरपालिकाको आँखा पुगेको थिएन, तर अब यहाँको सडक, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता राख्दै कृषि जोन बनाउने योजनालाई हामी प्राथमिकतामा राखेर काम गर्छौ ।