चितवन / स्थानीय तह निर्वाचनको मुखमा नेपाली कांग्रेस भरतपुरका १ सय ३६ कार्यकर्ताले संयुक्त राजिनामा दिएका छन्। 

भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन्।

OM Sai Pathibhara Hospital

राजिनामा दिनेमा पूर्वसांसद भिमबहादुर श्रेष्ठदेखि जिल्ला कार्यसमिति सदस्यसम्म रहेको मेयर पदका उम्मेदवार पौडेलका सहयोगी नविन बरालले जानकारी दिए। 

उनकाअनुसार,अझै हस्ताक्षर संकलनका काम भइरहेको छ। उनीहरूले उठाएको माइनुट पत्रमा नेपाली कांग्रेसका केन्द्रीय सभापतिलाई सम्बोधन गरेर राजिनामा लेखेका छन्। 

सबैभन्दा धेरै भरतपुर महानगरपालिका –१५ का कार्यकर्ताले राजिनामा लेखिएको मनाईनुटमा हस्ताक्षर गरेका छन्।