भरतपुर /  भरतपुरमा राप्रपा निकट मजदुर  सङ्गठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जना भन्दा बढी युवाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा र अबिर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश पछि युवालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले देशको परिवर्तनका संवाहक युवा भएको बताए । उनले नव प्रवेशी युवालाई यतिबेला सबैभन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो तहबाट निर्वाचनलाई सफल बनाउनको लागि लाग्न निर्देशन दिए ।