झापा / आठबीसकोट र चौरजहारी दुई  छुट्टाछुट्टै नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच झडप हुँदा १० जना घाइते भएका छन् । आठबीसकोट नगरपालिकाको ३ नम्बर वडामा भएको झडपमा परी एक प्रहरीसहित माओवादीका वडाध्यक्षका उम्मेदवार केशरमान बिक, तुलबहादुर बिक र सन्तोष बिक घाइते भएका हुन् । नेपाली कांग्रेसबाट डिल्लीराज बोहरा र सीता बोहरा घाइते भएका छन् । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यता चौरजहारी नगरपालिका १, मा भएको झडपमा परी कांग्रेसका वडा सभापति यज्ञश विष्ट, तरुण दलका त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता घाइते भएका छन् । टाउकोमा चोट लागेको सभापति विष्ट र विकलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । दुवै ठाउँमा शुक्रबार राति झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए ।