चितवन / भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालले पाँच वर्षमा भरतपुरको विकासमा कास्टिङ भएको र अझै फिल्म देखाउन बाकी रहेको बताएकी छन् ।
सत्ता गठबन्धनद्वारा बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएकी हुन् ।
उनले समग्र विकासको क्षेत्रमा काम अगाडि बढाएको र त्यसलाई पूर्णता दिनका लागि आफू फेरि गठबन्धनको तर्फबाट चुनावी मैदानमा आएको बताएकी छन् ।
सत्तारुढ गठबन्धनले भरतपुरमा बिहीबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, सडक बत्तीका क्षेत्रमा राम्रो काम भएको बताएकी छन् ।
दाहालले भरतपुरलाई आगामी दिनमा पर्यटकीय गन्तव्य बनाउन, रोजगारीको सिर्जना गर्न काम गर्ने बताइन् । उनले भूमिहीनहरूलाई जग्गा प्रदान गर्ने समेत आश्वासन दिएकी छिन् ।
दाहालले अघिल्लो कार्यकालमा आफूले जानाजान गल्ती नगरेको र अन्जानमा भएका गल्ती नदोहोर्याउने बताइन् ।






































