काठमाडौं / नेपाली कांग्रेसका शीर्ष नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा चितवनको भरतपुरमा आयोजना हुन लागेको सत्ता गठबन्धनको चुनावी सभामा सहभागी  हुन गएनन् ।  

डा कोइराला विराटनगरमै रहेकाले लगायत प्रदेश १ का विभिन्न जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुने तयारीमा रहेकाले सत्ता गठबन्धनको चुनावी सभामा सहभागी नहुने भएका हुन ।  

त्यस्तै, महामन्त्री थापाको अहिले ११ बजे नेपाली कांग्रेस काठमाडौं महानगर कार्य समितिको आयोजनामा अनुपम फुडल्याण्डमा हुने कार्यक्रममा नेता प्रकाशमान श्रेष्ठसंगै सहभागी भएकाले सभामा जान नपाएका हुन् ।