बिर्तामोड / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जुनधारा नगरपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाका साथ काम गर्ने बताएका छन् ।
चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा –१ मा आयोजित कोणसभामा बोल्दै गोम्देनले स्थानीय निर्वाचनमा जित हासिल गरे अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्ने बताएका हुन् ।
गोमदेनले १ नम्बर वडामा देखिएको नदि कटान र उत्खन्नको समस्यालाई स्थानीय सरकारले प्राथमिकताका साथ हल गर्ने बताए । उनले कृषिमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई आफूहरूले पहिलो प्राथमिकतामा राख्ने बताए।
कार्यक्रममा उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुली र १ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार बिष्णुलल ढकालले पनि स्थानीय जनताका गुनासो र समस्याहरुलाई पालिका सरकारले पहिलो प्रथामिकताका साथ समाधान खोज्ने बताए ।






































