काठमाडौँ / कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालका पार्टी केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पार्टीबाट राजीनामा दिएका छन् । उनले आज राप्रपा नेपालको केन्द्रीय कार्यालयमा कोषाध्यक्ष र साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएका हुन् ।
पछिल्लो समय राप्रपा नेपालमा नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ । एक साताअघि राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि पार्टी छाडेका थिए ।






































