काठमाडौं / निर्वाचन आयोगले मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिएको छ । 

आयोगले आसन्न स्थानीय निर्वाचनका लागि काठमाडौंमा रहेका मतदान केन्द्रका अधिकारीहरूलाई तालिम दिइएको हो । 

तालिममा अधिकृतहरूलाई मतदानको समयमा आउनसक्ने सम्भावित समस्याका बारेमा छलफल गरिएको छ । 

साथै मतदान कार्य सहज तवरबाट सञ्चालन गर्न समेत तालिम दिइएको आयोगले जनाएको छ ।