बिर्तामोड / नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वारसहित आठ जनालाई कारबाही गरेको छ ।

पार्टीका नगर अध्यक्ष राजु पोखरेलका अनुसार मेचीनगरमा एमालेकी उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल (उप्रेती)विरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको हो । 

कारबाहीमा पर्नेमा उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे, दीपक घिमिरे र खिलबहादुर गिरी, तिलक न्यौपाने, मेघनाथ बाँस्तोला, भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईँ रहेका छन् । 

उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरेलाई चुनावी प्रचार प्रसारमा सघाएको भन्दै घिमिरे र गिरी कारवाही गरिएको पोखरेलले बताए । 

त्यस्तै वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिएका न्यौपानेलाई र उनको समर्थक गरेको भन्दै बाँस्तोला, वडाका पार्टी अध्यक्ष ढुङ्गेल, धिताल र चौलागाईँलाई पनि अनुशासन उल्लङ्घन गरेको आरोपमा एमालेले कारबाही गरेको छ । 

वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेद्वार नेत्रप्रसाद दाहाललाईसमेत पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताए ।