काठमाडौं / नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् ।
स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विभिन्न आरोपहरू लगाउँदै विप्लवले चलाउने र लोहनीलाई निलम्बन गरेका हुन् ।
नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले विज्ञप्ति जारी गरी केन्द्रीय समितिको सचिवालयको बैठकको निर्णयबाट उनीहरूलाई निलम्बन गरेको जानकारी दिए ।
यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए ।






































