काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध निर्वाचन आचारसंहिता उलङ्घन गरेको आरोपमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनमा उजुरी परेको छ।  

भरतपुर महानगरपालिका –१० चितवनकी सुनिता अधिकारीले निर्वाचन आचारसंहिताको दफा ५ विपरित बैशाख २२ गते (बिहीबार) चितवनको भरतपुरमा हुने भनिएको चुनावी सभामा सम्बोधन गर्न आउन लागेको भन्दै उजुरी दिएकी हुन्।

OM Sai Pathibhara Hospital

अधिकारीले आचारसंहिता विपरित हुन लागेको उक्त कार्यक्रम स्थगित गरी आचारसंहिता विपरीतको काम भएमा सजाय गरी पाँउ भनी प्रधानमन्त्री देउवाको नाममा उजुरी दिएकी प्रमुख निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिए । 

आसन्न स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले चितवनको भरतपुरमा सभा गर्दैछ । बिहीबार हुने उक्त सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहितले सम्बोधन गर्ने कार्यक्रम छ ।

u