काठमाडौँ / निर्वाचनको मुखमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले नेत्रविक्रम चन्द (विप्लव) लाई पार्टीबाट निष्कासन गरेको छ । 

धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको बुधवार चितवनमा भएको भएको भेलाले विप्लवलाई महासचिवबाट निष्कासन गरेको हो ।

OM Sai Pathibhara Hospital

राष्ट्रिय भेला सुरु हुने बित्तिकै नेकपाका सल्लाहकार अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’ले पार्टीको महासचिवबाट विप्लवलाई निष्कासित गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको छ । 

भेलाले धर्मेन्द्र बास्तोलालाई संयोजक तोकेको नेकपाका केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । लोहनीका अनुसार पार्टीको संयोजकको जिम्मेवारी पाएका नेता बास्तोलाले आजै राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई केही समय अघि पार्टीबाटै निष्कासन गरेका थिए ।