गैंडाकोट / पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच भएको झडपमा परि  दुवैतर्फका ६ जना घाइते भएका छन् । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको छ । 

प्रहरीका अनुसार झडपमा परि घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ ।