झापा / निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । 

आयोगले स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । 

OM Sai Pathibhara Hospital

केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने, केही स्थानमा इन्टरनेटको समस्या, केही स्थानमा विद्युतको समस्या जस्ता कारणले सूची सार्वजनिक गर्नमा ढिलाइ भएको आयोगले जनाएको छ । 

झण्डै ८ हजार जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । भने केहीको उम्मेदवारी आयोगले नै खारेज गरिदिएको थियो । कानून अनुसार नपरेका उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो ।