बिर्तामोड / आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आचारसंहिता उलङ्घन गरेको उजुरी आएको भन्दै आज (सोमबार) निर्वाचन आयोगले स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

OM Sai Pathibhara Hospital

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार तपाईंले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले स्थापितलाई २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो ।

त्यस्तै आयोगले ओरेक र नेशनल कलेजलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको प्रवक्ता पौडेलले बताए । 

नेशनल कलेजमा आयोजित चुनावी कार्यक्रममा आफूलाई लागेको मिटु आरोपबारे प्रश्न गरिएपछि स्थापित प्रश्नकर्तामाथि झोक्किएका थिए । त्यसपछि पनि उनले आफ्ना प्रतिस्पर्धी बालेन साहमाथि अभिव्यक्ति दिएका थिए । जसले पनि उनको आलोचना भएको थियो ।

ओरेकले भने नेशनल कलेजमा स्थापितले दिएको अभिव्यक्ति महिला हिंसालाई प्रशय दिने खालको भएको भन्दै विज्ञप्ति निकालेको थियो ।