सिन्धुपाल्चोकसिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एक उम्मेदवारले मतदातालाई खुट्टामा पैसा चढाइरहेको तस्बिर सार्वजनिक भएको छ । मेलम्ची नगरपालिका वडा नं १० का वडा अध्यक्षका अमृत खनालले यसरी मतदाताको खुट्टामा हजारका नोट राख्दै ढोगेर भोट मागिरहेको खुलेको हो ।

चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका खनाल नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार हुन् ।  सोही क्रममा प्रत्येक घरमा गएर उनले उसो गर्ने गरेको स्थानीयले बताएका छन् ।