झापा / पाल्पामा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि चुनाव प्रचारको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ ।   

 दुई दलका कार्यकर्ताबीच झडप भए पछि एमालेको जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति नै निकालेर कांग्रेसको झण्डा सहितका सय भन्दा बढीको सङ्ख्यामा आएको समुहले र चुनाव प्रचार गरिएका माथि कुटपिट गरेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी, कांग्रेसका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान आठ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्ताहरु माथि सांघातिक हमला गरेको उल्लेख गरेको छ ।

दुवै पक्षले भने कुटपिटपछि भएको भौतिक र मानवीय क्षतिको क्षतिपुर्ती भराउन माग समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।