झापा /  आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकी एक महिलाको मृत्यु भएको छ । नेकपा एमालेको तर्फबाट रूपन्देही मर्चवारी गाउँपालिका-३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताएका छन् ।