काठमाडौं / आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले देशकै दुई ठूला सुरक्षा संगठन नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । 

बैठकले नेपाल प्रहरीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरीमा राजु अर्याललाई महानिरीक्षक बनाउने निर्णय गरेको गरेको हो ।

OM Sai Pathibhara Hospital

सरकारले प्रहरीमा वरियताका आधारमा पहिलो र दोस्रो नम्बरमा रहेका विश्वराज पोखरेल र सहकुल थापालाई पन्छाइँदै तेस्रोमा रहेका सिंहलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको छ । 

गृह मन्त्रालयले वरिष्ठता र वरियताको आधारमा अगाडि रहेका पोखरेललाई आइजीपीमा नियुक्ति गर्न सिफारिस गरेको थियो । 

तर विगतमा पनि त्यसरी नै अरुलाई उछिनेर बढुवा भएका पोखरेललाई नभएर सरकारले देउवा निकट मानिएका सिंहलाई आइजीपीमा नियुक्त गरेको हो । 

विवादमा तानिन सक्ने पेचिलो विषय भएकाले पनि सरकारले पोखरेल र थापालाई पन्छ्याउँदै देउवा निकट सिंहलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सशस्त्रमा भने एआईजीपीमा भर्खरै नियुक्त भएका अर्याल भने आईजीका एक्ला दाबेदार थिए । एक्ला दाबेदारको रुपमा रहेका अर्याल भने चार वर्षका लागि सशस्त्रको प्रमुख बन्ने भएका छन् ।