काठमाडौँ / निर्वाचन आयोगले निर्वाचनलाई केन्द्रित गर्दै टिकटक बनाएर ५० लाख  भ्युज पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । 

आयोगले ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रुपैयाँ पुरस्कार दिने भएको हो ।

OM Sai Pathibhara Hospital

आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोको स्वरूपमा टिकटक बनाउनु पर्नेछ ।

आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युट्युब, टिकटक लगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।