बिर्तामोड / सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनमा केन्द्रको तालमेलको निर्णयअनुसार जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताहरूलाई कारबाही गर्ने भएका छन् ।

गठबन्धनको मर्म र भावनाअनुरूप आपसी एकता कायम गरी सक्रियतापूर्वक जिम्मेवारी पुरा नगर्ने कार्यकर्ताहरूलाई गठबन्धनमा आवद्ध दलहरूले कारवाही गर्ने भएका हुन् । 

OM Sai Pathibhara Hospital

आज बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरूप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकको निर्णयमा लेखिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरूप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरूलाई निर्देशन दिने ।’

पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय अनुसार बागी उम्मेदवारी फिर्ता नलिने र लिन सम्भव नभएको ठाउँमा पनि कार्यकर्ताहरूलाई समझदारीअनुसार अगाडि बढ्न निर्देशन दिइएको छ ।