सिन्धुपाल्चोक / स्थानीय निर्वाचनको मुखमा सिन्धुपाल्चोकमा भएको झडपमा नेकपा माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका छन् ।

पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरेपछि माओवादी कार्यकर्ता घाइते भएका  हुन्  ।

OM Sai Pathibhara Hospital

पार्टीको चुनाव प्रचारमा खटिरहेका एमाले पक्षबाट आक्रमण भएको माओवादीले दाबी गरेको छ । 

माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेले कार्यकर्तामाथि कुटपिटको गरेको भन्दै दोषीमाथि कडा कारवाही गर्न प्रशासनसँग माग गरेका छन् ।