सिरहा / स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ । 

सिरहाको नवराजपुर गाउँपालिका –१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । 

OM Sai Pathibhara Hospital

चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएको  थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । 

शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।