काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी श्रमजीवी वर्गको हितमा लड्ने पार्टी भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै प्रचण्डले नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका समेत बताएका छन् । 

OM Sai Pathibhara Hospital

‘मुक्तिगामी आन्दोलनमा ग्रामीण क्षेत्रका किसान र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानका कीर्तिमानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ।

नेपाली श्रमजीवी जनसमुदायको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि अहिले स्थानीय तह निर्वाचनको सङ्घारमा उभिएको प्रचण्डको भनाइ छ । 

प्रचण्डले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवम् श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताएका छन् ।