बिर्तामोड / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाका १५ वटा पालिकाबाट स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेदवारहरूले चुनाव चिन्ह पाएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जिल्लाका स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह उपलब्ध गराएको हो ।

OM Sai Pathibhara Hospital

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश पाण्डेका अनुसार स्वतन्त्र उम्मेदवारहरूलाई जेब्रा, खरायो, भुँइकटहर, गुलाफको फुल, पुतली, दुई भुँइकटहर, मुडा, खानेपानीको धारा, ब्याडमिन्टनको कर्क, लौरो, हाँस, कैंची, दुईवटा गुलाफको फुल, दुई हाँस र आँप चुनाव चिन्ह उपलब्ध गराएको बताएका छन् । 

भद्रपुरमा ४, झापा ९, कनकाई १०, गौरीगञ्ज १३, कमल ७, शिवसताक्षी ३, गौरादह १३, बाह्रदशी ८, बुद्धशान्ति ५, हल्दिवारी २, मेचीनगर १३, अर्जुनधारा ३, दमक १६ र बिर्तामोडमा ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।