काठमाडौं / निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले शनिबार नमूना मतपत्र सार्वजनिक गरेको हो।

आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र भने सार्वजनिक गरेको छैन। 

OM Sai Pathibhara Hospital

६ ओटा महानगरपालिका र भक्तपुरमा अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने आयोगले यसअघि नै जानकारी दिएको छ।