झापा  / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये आठ हजार जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । 

एक लाख ५३ हजार मनोनयन दर्ता गराएकोमा करिब आठ हजार जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

पौडेलले भने, –‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिव ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिव ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिव एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ ।’